नियम ८७
चाडपर्व खर्च सम्बन्धी व्यवस्था
(१) यो नियम प्रारम्भ हुँदाका बखत सेवामा बहाल
रहेका कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तथा यो नियम प्रारम्भ भएपछि
नियुक्त हुने कर्मचारीले हाजिर भएको मितिले तीन महिनाभित्र आफूले चाडपर्व खर्च लिने
मुख्य चाडपर्व र सो चाडपर्व पर्ने सम्भावित महिनाको सम्बन्धमा सम्बन्धित कार्यालयलाई
लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।
(२) असाधारण बिदा वा बेतलबी बिदा लिएको अवधिमा चाडपर्व खर्च पाउने
छैन ।
(३) उपनियम (१) बमोजिम जानकारी गराई सकेपछि सो कर्मचारीले अर्को
चाडपर्व वापत खर्च माग गर्न पाउने छैन ।